
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा आफूले २ पटक गरेको संसद विघटनको बचाउ गरेका छन् । शनिवार प्रतिनिधिसभाको ११ औं अधिवेशनको अन्तिम बैठकलाई सम्वोधन गर्दै उनले संविधानमा भएको व्यवस्थाअनुसार आफूले सो उचित कदम चालेको दावी गरेका हुन् ।
आफूभन्दा अगाडि बोलेका प्रधानमन्त्री देउवाले सर्वोच्च अदालतको परमादेशले नै संविधानको रक्षा गरेको भन्ने भनाइको प्रतिउत्तर दिँदै ओलीले निर्वाचनमा जाने कुरा प्रतिगमन नभएको दावी गरे । उनले परमादेशबाट सरकार बनाउने काम प्रतिगमन भएको बताए ।
उनले अहिले भ्रष्टाचारको अवस्था बयान गरी नसक्ने अवस्थामा रहेको बताए । संसद बैठकमा बोल्दै उनले आफू नेतृत्वको सरकारले गरेका कामको फेहरिस्त समेत प्रस्तुत गरेका छन् । उनले आफूले राम्रो काम गर्दागर्दै षडयन्त्र भएको र विकासको काम रोक्ने काम भएको दावी गरे ।
यस्तै ओलीले वर्तमान सरकारले निर्वाचन घोषणा गरेर प्रतिगमन गरेको भन्दै कटाक्ष गरेका छन् । संसद् विघटन गरेको प्रति प्रधानमन्त्री शेरबहादुर देउवाले व्यङ्ग्य गरेपछि त्यसको जवाफमा सरकारले निर्वाचन घोषणा गरेर अर्को प्रतिगमन गरेको भन्दै जवाफ फर्काएका हुन् ।
प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘प्रतिनिधि सभाको निर्वाचन गत वर्षको वैशाख १७ र २७ गते नै हुन्थ्यो । त्यतिबेला कुनै प्रणाली जान लागेका त थिएन, संविधान जान लागेको थिएन । नयाँ संसद् आउँथ्यो । प्रतिगमन कहाँबाट आउँथ्यो ? । ओलीले संसद् विघटनको आफ्नो कदमको बचाऊ गर्दै संविधानमा पाँचै वर्ष भनेर कहाँ लेखिएको छ भन्दै प्रश्न गरे । उनले भने, ‘यस्ता भ्रम फिँजाउन वाञ्छनीय हुँदैन । कुन संविधान पढेर आएर बहस गर्नुहुन्छ ?’
ओलीले देउवा प्रतिपक्षीको दलको नेता हुँदा प्रमुख प्रतिपक्षी दलले पहिले बोल्न पाउनुपर्छ भनेर आन्दोलन गरेको स्मरण गराउँदै आफूलाई पहिले बोल्न नदिएकोमा आपत्ति समेत जनाए । उनले नागरिकताको विषयमा राजनीति गर्न खोजेको आरोप लगाएका छन् ।
बैठकमा सम्वोधन गर्दै उनले एमाले नागरिकता समस्या समाधान गर्न आफू नेतृत्वको सरकारले जन्म सिद्धका सन्तानलाई अध्यादेश मार्फत वंशजको नागरिकता दिने व्यवस्था ल्याएको बताए । तर त्यसलाई अदालतमा मुद्दा हालेर असफल पारिएको दावी गरे । उनले एमालेले जन्म सिद्धका सन्तानलाई वंशजको नागरिकता दिने कानुन बनाउ भन्दा प्रोपोगान्डा गर्न खोजेको दावी गरे ।
ओलीले परमादेशबाट नक्कली सरकार गर्नु प्रतिगमन भएको बताउँदै निर्वाचनतर्फ जाने कुरा प्रतिगमन नहुने जिकिर गरेका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै ओलीले आफ्नो संसद् विघटनको कदमलाई बचाउ गरेका हुन् ।
उनले भने, ‘प्रधानमन्त्री निर्वाचन गर्ने अधिकार अन्य कतै बाट प्रयोग गर्नुपर्छ भन्ने परमादेश माग गरियो । अहिले सबै छताछुल्ल भयो । कस्ता कस्ता सेटिङ भएका थिए । किन मानपदवी अलङ्कार पदक पाए ? कसका को नातेदारलाई मन्त्री बनाइयो ? तीन दिनमा हट्न पर्ने किन स्थिति बन्यो ?’
उनले राजनीतिक स्वार्थका कारण एउटा कोर्स लिइसकेको र थिति मिचेर गठबन्धन सरकार ल्याइसकेको बताए । ‘प्रतिनिधिसभाको निर्वाचन गत वर्षको वैशाख १७ र २७ गते नै हुन्थ्यो । त्यतिबेला कुनै प्रणाली जान लागेका त थिएन, संविधान जान लागेको थिएन । नयाँ संसद् आउँथ्यो । प्रतिगमन कहाँबाट आउँथ्यो रु’ ओलीले संसद् विघटनको आफ्नो कदमको बचाऊ गर्दै संविधानमा पाँचै वर्ष भनेर कहाँ लेखिएको छ भन्दै प्रश्न गरे । उनले भने, ‘यस्ता भ्रम फिँजाउन वाञ्छनीय हुँदैन । कुन संविधान पढेर आएर बहस गर्नुहुन्छ ?’