काठमाडौं । संघीय संसद्को दुवै सदनको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ । शनिबार बसेको अन्तिम बैठकमा शीर्ष नेताहरूको सम्बोधन सकिएसँगै सभामुख अग्निप्रसाद सापकोटाले संसद अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन्।

‘माननीय सदस्यहरू प्रतिनिधि सभाको चालु अधिवेशन आज राति १२ बजेबाट स्वतः अन्त्य हुनेगरी यो बैठक स्थगित हुन्छ,’ उनले भने। उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पत्र प्राप्त भएको जानकारी गराए। उनले उक्त पत्रको व्यहोरा संसदमा पढेर सुनाए,‘मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसदको दुबै चालु अधिवेशन असोज १ गते शनिबार राति १२ बजेदेखि अन्त्य गरेको छु।’

उनले यसक्रममा सबैलाई धन्यवाद समेत दिए। ‘प्रतिनिधि सभाको यस कार्यकाललाई सफल बनाउन सहयोग गर्नुहुने माननीय सदस्यहरू, दलका नेताहरू, कानुनविद्, सञ्चारकर्मी, बुद्धिजिवी, नागरिक समाज, संसद सचिवालयका कर्मचारी लगायत सम्बद्ध सबैलाई धन्यवाद दिन चाहान्छु,’ सभामुख सापकोटाले भने।

शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति कार्यालयसमक्ष पठाउने निर्णय गरेको थियो। उक्त निर्णयसँगै आज अन्तिम बैठक बसेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!