
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ २९ पैसा र बिक्री दर १२७ रुपैयाँ ८९ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १२६ रुपैयाँ ९२ पैसा र बिक्री दर १२७ रुपैयाँ ५२ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १४४ रुपैयाँ ८७ पैसा र बिक्री दर १४५ रुपैयाँ ५५ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ १८ पैसा र बिक्री दर १३३ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ र बिक्री दर ८५ रुपैयाँ ४० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ २८ पैसा छ।
जापानी येन १० को खरिद दर ८ रुपैयाँ ८८ पैसा र बिक्री दर ८ रुपैयाँ ९३ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ १५ पैसा र बिक्री दर १८ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ८८ पैसा र बिक्री दर ३४ रुपैयाँ ०४ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ८१ पैसा र बिक्री दर ३४ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ०७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ २० पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ १५ पैसा र बिक्री दर ९ रुपैयाँ १९ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।