
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अभिनेता प्रदिप खड्कालाई विभूषित गर्ने घोषणा गरेकी छिन् । भदौ ३१ को मन्त्रिपरिषद् बैठकको सिफारिसमा परेका खड्कालाई संविधान दिवसको अवसरमा राष्ट्रपति भण्डारीले मानपदवीबाट सम्मान गरेको हो ।
राष्ट्रपतिले खड्का सँगै विभिन्न मानपदवी तथा अलंकारबाट ९९८ जनालाई सम्मानित गरेको राष्ट्रपति कार्यालयबाट जारी वक्तव्यमा उल्लेख छ । खड्का पछिल्लो समय नेपाली चलचित्रमा लोकप्रिय कलाकार हुन् । उनी चलचित्र ‘प्रकाश’ र ‘प्रेम गीत ३’ बाट अझ चर्चामा छन् ।
उनको पछिल्लो चलचित्र प्रेमगीत ३ असोज ७ गतेबाट प्रदर्शन हुँदैछ । यो चलचित्र नेपाली र हिन्दी भाषामा निर्माण गरिएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत राष्ट्रपति भण्डारीले संविधान दिवनमा संविधानको धारा २७७ को उपधारा १ बमोजिम पदक प्रदान गरेको जनाएका छन् ।