काठमाडौं । नेपाली कांग्रेसका सभापती एंवम प्रधानमन्त्री शेर बहादुर देउवा पत्नि नेतृ आरजु राणा देउवालाई कांग्रेसले डडेलधुराबाट समानुपातिक पदको उम्मेदवारको रूपमा सिफारिस गरिएको छ । सुदूरपश्चिम प्रदेश कमिटीले आइतबार साँझ टुङ्ग्याएको सूचीमा राणालाई खस आर्य महिला समूहबाट समानुपातिक पदका लागि सिफारिस गरेको हो ।

नेता रमेश लेखकका अनुसार राणाको नाम कैलाली–५ बाट प्रत्यक्ष तथा डडेलधुराबाट समानुपातिक उम्मेदवारका लागि सिफारिस भएको थियो । २०७४ को निर्वाचनमा उनी कैलाली–५ मा नारदमुनि राणासँग पराजित भएकी थिइन् ।

यस्तै मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ११ दलले समानुपातिकतर्फको बन्द सूची बुझाएका छन् । समानुपातिकको बन्दसूची बुझाउन आयोगले तोकेको दोस्रो दिन दलहरू बन्दसूची लिएर निर्वाचन आयोग पुगेका छन् ।

एउटै चुनाव चिह्नबाट चुनाव लड्ने घोषणा गरेका नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले संयुक्त रूपमा बन्दसूची बुझाउँदैछन् । मओवादीका तर्फबाट बन्द सूचीका लागि रसिद काटिए पनि सूची बुझाउन बाँकी छ ।

त्यसका अलावा १ बजेसम्म नेपाली कांग्रेस (बीपी), जनता प्रगतिशील पार्टी, राष्ट्रिय जनमोर्चा, एकीकृत शक्ति नेपाल लगायतले बन्द सूची बुझाएका छन् । नेकपा माओवादी (पुष्पलाल) लगायतका दल पनि बन्द सूची लिएर आयोग पुगेका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुनका लागि ८७ दलले निर्वाचन आयोगमा निवेदन दिएका थिए । आज पेश गर्ने बन्द सूची १६ गतेसम्म सच्चाउन सकिने निर्वाचन कार्यक्रममा उल्लेख छ । प्रत्यक्षतर्फको मनोनयन भने असोज २३ गते हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!