
काठमाडौं । नेपाल नाई संघले दाह्री र कपाल काटेको मूल्य बढाएको छ। संघले कपाल काटेको मूल्यमा ५० रुपैयाँ वृद्धि गरेको हो।
संघका अनुसार अब कपाल काटेको २ सय रुपैयाँ र साधारण दाह्री काटेको १२० रुपैयाँ बनाइएको छ। यसअघि साधारण कपाल काटको १५० रुपैयाँ र साधारण दाह्री काटेको १ सय रुपैयाँ थियो।
नाई संघले असोज महिनादेखि मूल्य वृद्धि गरेको भन्दै सूचना जारी गरेको छ। सूचनाअनुसार कपाल काटेको ५ सय रुपैयाँ सम्म पर्ने जनाएको छ। नेटबाट फोटो देखाइ कपालको डिजाइन गर्न लगाएमा ५ सय रुपैयाँ तिर्नुपर्ने बताएको छ। त्यस्तै दाह्री काट्दा पनि डिजाइन गर्नुपरेमा २५० सम्म तिर्नुपर्ने बताएको हो।
संघले काठमाडौं उपत्यकाका सैलुनको शुल्कमा वृद्धि गरेको हो । संघको उपत्यका समितिले सूचना जारी गर्दै असोज १ गतेबाट लागू हुनेगरी नयाँ दररेट कायम गरिएको जनाएको छ ।
सबै कुरामा महंगी बढेका कारण सैलुन सेवामा सामान्य वृद्धि गरेको संघको काठमाडौं जिल्ला समिति अध्यक्ष राजेश ठाकुरले बताए । ‘बजारभाउ आकासिएको छ । घरबहाल बढिरहेको कारण पैसा तिर्न हम्मे परिरहेको छ । त्यसैले शुल्क बढाउन बाध्य भएका हौं,’ उनले भने ।