
काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिक सूचिमा राखिएको छ । महरा दाङ–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका थिए । उनले २०७४ सालमा त्यही क्षेत्रबाट चुनाव जितेका थिए ।
तर, यसपटक भने उनी आफैंले प्रत्यक्ष चुनाव लड्ने इच्छा नदेखाएपछि उनलाई समानुपातिकमा राखिएको ती पदाधिकारीले बताए । समानुपातिक सूची बुझाउनमा निर्वाचन आयोगमा महासचिव देव गुरुङ, सचिव लिलामिण पोखरेल लगायतका नेताहरु गएका छन् ।
माओवादी केन्द्रबाट महासचिव देव गुरुङ, नेता गिरिराजमणि पोखरेल, वर्षमान पुनलगायतका नेता बन्द सुची बुझाउन केहि बेर अघि आयोग पुगेका हुन् ।समानुपातिकमा संघतर्फ ११० र प्रदेशतर्फ २२० जनाको सूची बोकेर महासचिव गुरुङ आयोग पुगेका हुन् ।
उनले बन्दसूचीमा रहेका कतिपय नामहरु करेक्सन हुनसक्ने बताए । अहिलेसम्म ३५ बढीले दलले समानुपातिक तर्फको बन्दसूची बुझाइसकेको निर्वाचन आयोगले जनाएको छ।