कैलाली । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सुदूरपश्चिममा नेपाल बन्दका लागि स्वयंसेवक परिचालन गरेको छ। मंगलबार प्रदेशको अस्थायी राजधानी धनगढीमा स्वयंसेवक लेखिएका राता जर्सीमा उनीहरू बन्दको प्रभाव देखाउन ठाउँठाउँमा नाराबाजी गर्दै बन्द सफल पार्न दवाव दिइरहेका छन्।

कैलाली प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बन्दले आम दैनिकीमा प्रभाव पारेपनि हालसम्म कुनै उच्छृंखल गतिविधि भएको छैन।

नेपाल बन्दका कारण सुदूरपश्चिमको जनजीवन पनि बिहानैदेखि प्रभावित छ। कञ्चनपुरमा अटोरिक्सा र मोटरसाईकल फाट्टफुट्ट चलेका छन्। यहाँबाट लामा दुरीका सवारीसाधन बन्द रहेपनि बजार आंशिक रूपमा मात्रै खुलेको कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर वमले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!