
काठमाडौँ। साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबार छापावाला सुनको मूल्य प्रति तोला ९१ हजार ३ सय रुपैयाँ तोकिएको छ।
मंगलबार प्रति तोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ५ सयले घटेर प्रति तोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९० हजार ८ सय रुपैयाँ कायम भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको छ। मंगलबार चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ८० रुपैयाँमा कारोबार भएको थियो।