काठमाडौं । घरको भर्याङ पूर्वबाट पश्चिमतर्फ तथा उत्तरबाट दक्षिणतर्फ जाने हुनुपर्छ, यसको विपरित हुनु हुँदैन । सम्भव भएसम्म भर्‍याङलाई घरको दक्षिण वा दक्षिण–पश्चिम भागमा बनाउनुपर्छ । घरको बाहिर वा भित्र भएको भर्याङ घरको उत्तरपूर्वी कुनामा हुुनु हुँदैन । भर्याङ घरबाहिर घरको उत्तरतर्फ भएमा त्यो उत्तर–पश्चिम कुनामा हुनुपर्छ, यसका सिँढी पहिले पूर्वबाट पश्चिमतर्फ मध्यवर्ती स्थानसम्म जानुपर्छ र फेरि पहिलो तल्लासम्म पश्चिमबाट पूर्वतर्फ तथा पहिलो तल्लामा प्रवेश उत्तरपूर्वी कुनाबाट हुनुपर्छ ।

यसरी नै घर बाहिर भएको भर्याङ दक्षिण–पश्चिम कुनामा पश्चिम वा दक्षिणतर्फ हुनुपर्छ । तर सिँढीहरु उत्तरबाट दक्षिणतर्फ तथा पूर्वबाट पश्चिमतर्फ गएर पहिलो तल्लामा क्रमशः उत्तर–पश्चिम तथा दक्षिण–पूर्वी कुनामा समाप्त हुनुपर्छ । यदि बाहिर भएको भर्‍याङ घरको दक्षिण–पूर्वी कुनामा छ भने त्यसका सिँढीहरु उत्तरबाट दक्षिणतर्फ हुनुपर्छ र पहिलो तल्लामा उत्तर–पूर्वी कुनामा समाप्त हुनुपर्छ ।

सम्भव भएसम्म घर भित्र र बाहिरको भर्‍याङलाई उत्तर वा पूर्वतर्फको भित्तासँग छुवाउनु हुँदैन र कम्तिमा पनि ३ इन्चजति खाली ठाउँ छोड्नु पर्छ । घर बाहिरको भर्‍याङ होस् वा घर भित्रको, सधैँ मध्यवर्ती अवतरण ठाउँसम्म उत्तरबाट दक्षिणतर्फ तथा पूर्वबाट पश्चिमतर्फ हुनुपर्छ र त्यसपछि जुनसुकै दिशातर्फ हुन सक्छ । तर माथिल्लो तल्लामा त्यो अनुकूल दिशामा समाप्त हुनुपर्छ ।

साभारः ‘नव सफलता शास्त्रा’ पुस्तकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!