काठमाडौं । मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ।

आयोगले यही असोज ११ गतेदेखि लागु हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति गरेको आज जारी गरेको सूचनामा उल्लेख छ।

आयोगले प्रतिनिधि सभातर्फ १६५ र प्रदेश सभातर्फ ३३० क्षेत्रका लागि निर्वाचन अधिकृत तोकेको छ। आयोगले जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई यही असोज १२ र १३ गते निर्वाचनसम्बन्धी अभिमुखीकरणसमेत गरिने र यसबारे आयोगको वेबसाइटमा गई आवश्यक जानकारी लिन सकिने आयोगले जानकारी दिएको छ।

मंसिर ४ गते हुने मतदानका लागि निर्वाचन आयोगले प्रक्रिया सुरु गरिसकेको छ । यसअघि समानुपातिक निर्वाचन प्रणालीका लागि बन्दसूची दर्ता भइसकेको छ । प्रत्यक्ष निर्वाचनका लागि यही असोज २३ गते मनोनयम दर्ताको कार्यसूची रहेको छ ।

हेर्नुस् को-को खटिए ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!