काठमाडौं । अर्को साता बंगलादेशविरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको लागि नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तिम टोली घोषणा गरेको छ । नेपाल र बंगलादेशबीच खेल दशरथ रंगशालामा असोज ११ गते हुँदैछ ।

प्रशिक्षक प्रदीप हुमागाईले दुई नयाँ खेलाडी समेट्दै राष्ट्रिय टोली घोषणा गरेका हुन् । युवा फरवार्डद्वय ऋतिक खड्का र आशिष चौधरी टिममा पर्दा अनुभवी नवयुग श्रेष्ठ भने टोलीमै परेनन् । प्रशिक्षक हुमागाईले घोषणा गर्ने क्रममा नवयुग अन्य खेलाडीझैं टोलीमा पर्न योग्य रहेको तर यसपटक पर्न नसकेको जानकारी दिए ।

मैत्रीपूर्ण खेलका लागि घोषित टोलीमा प्रशिक्षक हुमागाईले आश्चर्यजनक निर्णय गर्दै ४ गोलरक्षक समेटेका छन् । उनले चोटको समस्या रहेको बताउँदै ४ गोलरक्षक टोलीमा राखेको बताए । टोलीबाट नवयुगसँगै सुनिल बल, आवास लामिछाने, संजोक राई, अभिषेक रिजाल, भरत खवास र आयुष घलान अन्तिम टोलीमा परेनन् ।

टोलीमा युगलकिशोर राई सहायक प्रशिक्षक तथा विनोद डंगोल गोलरक्षक प्रशिक्षक छन् । व्यवस्थापकमा अनिल श्रेष्ठ र फिजियो आविष्कार पुडासैनी रहेका छन् ।

२३ सदस्यीय टोलीमा गोलरक्षक किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु रहेका छन् भने डिफेण्डरमा रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, विकास खवास, दीनेश राजवंशी, सुमन अर्याल, रन्जित धिमाल रहदा मिडफिल्डरमा सुदिप गुरुङ, तेज तामाङ, सेसेहाङ आङदम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरज ज्यु ठकुरी, एरिक विष्ट रहेका छन् ।

यस्तै फरवार्डमा विमल घर्ती मगर, अन्जन विष्ट, ऋतिक खड्का, मनिष डाँगी र आशिष चौधरी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!