काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन महामन्त्री महेन्द्र नारायण निधिको चुनावी क्षेत्र हो, धनुषा ४। त्यही धनुषा ४ को अधिकांश भूगोल अहिलेको धनुषा क्षेत्र नम्बर-३ मा पर्दछ।

महेन्द्रनारायण निधि पुत्र एंव नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र २०५१ सालदेखि यही क्षेत्रमा चनाव लड्दै आएका थिए। निधि २०७४ सालमा तत्कालीन राष्ट्रिय जनता पार्टी र हाल लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोसँग पराजित भएका थिए।

२०५१ सालदेखि चुनाव लड्दै आएको धनुषा– ३ को चुनावी मैदान खाली गर्दै कांग्रेस पूर्व उपसभापति निधिले भने समानुपातिक रोजे। निधि २०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोसँग पराजित भएका थिए। त्यसअघि ०५६ मा राप्रपाका कृष्णप्रतापसँग हार व्यहोरे। तर मधेस आन्दोलनको रापतापका बेला भएको पहिलो संविधानसभा निर्वाचन २०६४ मा निधि १५ हजार ५८२ मतका साथ विजयी भए।

मधेस आन्दोलन शिथिल भएको बेला २०७० को चुनावमा निधिलाई सहज भयो। २०७४ मा पनि उनलाई हार्छु भन्ने लागेको थिएन। वाम गठबन्धनबाट लो-प्रोफाइलका माओवादीका राम सिंह उम्मेदवार थिए भने मधेसी मोर्चाको साझा उम्मेदवार बनेका महतो सर्लाही छोडेर पहिलो पटक धनुषामा उम्मेदवार बन्‍न आएका थिए।

वाम गठबन्धन, त्यसमा पनि खासगरी एमालेले अघोषित रुपमा समर्थन गरेपछि महतोले निधिलाई झण्डै ३ हजार मतान्तरले हराए। वाम गठबन्धनको एउटा घटक माओवादी र मधेसी मोर्चाको एउटा घटक जनता समाजवादी पार्टी (जसपा) कांग्रेसको साथमा छ। एमाले विभाजित छ। एमाले विभाजन भएर माधव नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेका छन्।

राजेन्द्र महतोको दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि हिजो जस्तो प्रभावशाली छैन। ३० वैशाखको स्थानीय निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतका आधारमा कांग्रेस नै ठूलो पार्टी छ। यो अवस्थामा पनि निधिले समानुपातिक रोजे। कांग्रेस नेताहरुका अनुसार गठबन्धनका बाबजुद आफू धनुषा ३ मा सुरक्षित नदेखेकै कारण निधिले समानुपातिक रोजेका हुन्।

निधिले आफू असुरक्षित देख्नुमा कांग्रेसभित्र फेरिएको शक्ति सन्तुलन र स्थानीय चुनाव हो। कांग्रेसमा निधि लामो समय शेरबहादुर देउवा निकट रहे। देउवा कांग्रेसको शक्तिमा आउँदा निधि यो समूहको दोस्रो वरियतामा रहे। तर १४औं महाधिवेशनमा उनले सभापतिमा प्रतिस्पर्धा गरे।

योसँगै कांग्रेसमा आफू कमजोर भएको महसुस निधिले गरेका छन्। अर्को गठबन्धनमा भागबण्डा हुँदा देउवाले जनकपुर उमहानगरपालिका जसपालाई छाडिदिए। तर निधिले त्यसलाई स्वीकार गरेनन्, आफ्नो समूहमा रहेका मनोज साहलाई विद्रोह गराए।

कांग्रेस परित्याग गरेर स्वतन्त्र उम्मेदवार बनेका साह मेयरमा निर्वाचित समेत भए। अहिले सत्तामा रहेका पाँच दलीय गठबन्धनका बीचमा गठबन्धन कायमै रहेको अवस्थामा निधिलाई जसपाको भर भएन। जसका कारणले उनी समानुपातिकमा बसे। तर, निधि योभन्दा पनि गठनबन्धनलाई अझ फराकिलो बनाएर लोसपालाई पनि समेट्नका लागि आफू समानुपातिकमा बसेको बताउँछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!