काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । .राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२९ रुपैयाँ ०८ पैसा र बिक्री दर १२९ रुपैयाँ ६८ पैसा कायम गरेको छ।

युरो एकको खरिद दर १२७ रुपैयाँ ५७ पैसा र बिक्री दर १२८ रुपैयाँ १६ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १४६ रुपैयाँ ३४ पैसा र बिक्री दर १४७ रुपैयाँ ०२ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ७९ पैसा र बिक्री दर १३२ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ६७ पैसा र बिक्री दर ८६ रुपैयाँ ०७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ २९ पैसा छ।

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ०५ पैसा र बिक्री दर ९ रुपैयाँ ०९ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ २४ पैसा र बिक्री दर १८ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३४ रुपैयाँ ३१ पैसा र बिक्री दर ३४ रुपैयाँ ३४ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ३३ पैसा र बिक्री दर ३५ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २६ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४० पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ १७ पैसा र बिक्री दर ९ रुपैयाँ २२ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!