
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ पार्टीको सभापती पदमा उम्मेदारी दिने बताएका छन् । मंगलबार पोखरा आयोजित एक कार्यक्रममा पूर्वमहामन्त्री समेत रहेका नेता सिंहले सभापति भएर शेरबहादुर देउवाले पार्टी चलाउन नसको आरोप लगाउदै सभापतिमा उम्मेदवार दिने अडान दोहोर्याएका हुन् ।
नेता सिंहले विधिसंगत पार्टी चलाउने कि नचलाउने भन्दै पुनः प्रश्न उठाएका छन्। महाधिवेशनकेन्द्रित देश दौडाहामा रहेका सिंहले भने, ‘१३औं महाधिवेशनपछि सभापति भएर शेरबहादुर देउवाजीले पार्टी चलाउन सक्नुभएको छ ?’
पार्टी र राज्य सत्ता आफ्नो हातमा छ भनेर सन्तुलन विगार्न नहुने सिंहको भनाइ छ। परीक्षण भइसकेर असफल भएका नेतालाई जिताउन नहुने उनले कार्यकर्तासँग आग्रह गरे।
पार्टीमा भरपर्दो नेता भएन भने प्रजा परिषद्को हालतमा पुग्ने उनको चेतावनी छ।