दोलखा । २०६२/०६३ को १९ दिने जनआन्दोलनमा सवैभन्दा सञ्चार माध्यममा गुञ्जने नाम हो, गगन थापा, प्रदीप पौडेल, कुन्दन काफ्ले र रामकुमारी झाक्री । तत्कालिन समयमा गगन, प्रदीप र कुन्दनहरु कांग्रेस निकट नेपाल विद्यार्थी संघ र रामकुमारी झाक्री एमाले निकट अखिलबाट विद्यार्थीहरुको नेतृत्व गर्दै लोकतन्त्रको राँको बालेर सडक आन्दोलन छेड्थे ।

तत्कालिन ज्ञानेन्द्र विरविक्रम शाह नेतृत्वको शाहि सरकारले जनआन्दोलन ताका सवैभन्दा बढि पक्राउ गरेका नामहरु गुगलमा खोजियो भने यी नामहरु अहिले पनि सझिलै भेट्न सकिन्छ । १९ दिने जनआन्दोलनबाट जन्मीएका तिनै विद्यार्थी नेताहरु गगन र रामकुमारी पटकपटक सांसद र एकएक पटक मन्त्री बनिसकेका छन् । कुन्दन भने नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् ।

यी नेताहरुमध्ये हक्की स्वभावका प्रभावशाली नेता कुन्दनराज काफ्ले जनआन्दोलनमा सवैभन्दा बढि यातना भोगेका नेता हुन् । तत्कालिन ज्ञानेन्द्र सरकारले ०६२ माघ १९ गते कुन्दनलाई पक्राउ गरेर हेलिकोप्टरमा नुवाकोटको ककनी पुर्याएको उनी अहिले पनि सम्झनछन् ।

राजाबाट कुन्दन खतरामा परेको थाहा पाउने वित्तिकै तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले उनलाई रातारात बोर्डर क्रश गराए । आन्दोलन छेड्न निरन्तर सडकमा हुदाँ खतरा भएपछि काफ्ले कोइरालाको सल्लाह मै प्रवासिन बाध्य भए । जनआन्दोलनमा लागेका उनको शरिरका कतिपय घाउका डोवहरु अहिले पनि निको भइसकेको छैन ।

जिल्लाका अग्रज नेता जिपछिरिङ लामा यसपटक निर्वाचनमा भाग नलिने भएपछि कुन्दनको राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ । भूगोलमा नेताहरुबीच बेमेल जस्तो देखिएपनि पछिल्लो समय सांसद लामा सहित जिल्ला सभापति बर्मा लामा पनि कुन्दनलाई निर्वाचन लडाउन पर्ने मनस्थितिमा पुगेका छन् । संघमा काफ्ले, एक प्रदेशमा सभापति आफै निर्वाचनमा भाग लिने र एउटा प्रदेश माओवादीको भागमा दिने मनस्थितिमा सभापति लामा रहेको उनी निकट नेताहरु बताउँछन् ।

यसो हुँदा पार्टीप्रति आकर्षण बढ्नुका साथै निर्वाचन जित्न समेत सहजहुने जिल्ला स्तरका नेताहरुको समेत आँकलन छ । पूर्व सभापतिहरु ताराबहादुर कोइराला र रुद्रबहादुर खड्का निकटका नेताहरु पनि कुन्दनको विकल्प छैन भन्नेमा एक मत देखिन्छन् ।

पूर्व महामन्त्री कृष्ण सिटौला निकट रहेका कुन्दनले पछिल्लो समय सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासंग पनि राम्रो सम्वन्ध विस्तार गरेका छन् । देउवासंगको नजिकको उठवसमा सांसद लामा र कुन्दन बाहेक अन्य नेताहरु बाह्य हाइहेल्लोमा मात्र सिमित छन् ।

दोलखाको इतिहासमा पार्टी सभापतिले नै नियमित रुपमा टिकट लिएर चुनाव लड्ने प्रचलन छ । तर, जिल्ला सभापति लामा आधिकारीक रुपमा कुन समूहको नेता भन्ने नै यकिन छैन । शेखर कोइराला समूहबाट जिल्ला सभापति बनेका लामा महाधिवेशनमा कोइरालालाई नै मत नदिएको भन्दै विवादमा परे । यतिमात्र होइन महाधिवेशनमा जिल्ला सभापतिको रुपमा प्रभावकारी भूमिका खेल्न नसकेका उनलाई सभापति देउवापक्षको पनि अविश्वासका कारण यता न उता भएका छन् ।

तथापी, हल्लैहल्लाले लामा दुवै समूहको लिष्टबाट आउट भएपछि काफ्ले नै टिकटको बलियो दावेदारी रहेको कोइराला निकटका एक नेताले जानकारी दिए ।संघको निर्वाचनमा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पनि आकांक्षा देखाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!