काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ सभापतीको उम्मेदवारीबाट पछि नहट्ने बताएका छन्। बिहीबार वरिष्ठ नेता रामचन्द्र पौडेललाई नेता सिंहले अब आफू उम्मेदवारीबाट पछि हट्न नमिल्ने बताएका हुन्।

‘आज बिहान रामचन्द्र दाइ आउनुभयो। लामो कुराकानी भयो,’ सम्पादकसँगको छलफलका क्रममा बिहीबार दिउँसो नेता सिंहले भने, ‘दाइ तपाईं अभिभावक भएर बस्नुस्। तपाईंको गाइडेन्समा हिँड्छौँ। मैले सभापतिमा उम्मेदवारी घोषणा गरिसकेँ। अब पछि हट्दिनँ।’

सिंहले १४ औँ महाधिवेशनबाट सभापतिमा विजयी भएपछि आगामी कार्यक्रम सार्वजनिक गर्ने बताएका छन्। ‘महाधिवेशन सकिएपछि बधाई दिँदै कार्यक्रम सार्वजनिक गर्छु,’ नेता सिंहले भने।

उनले आफू सभापतिमा विजयी भएपछि तत्काल विभाग गठन गर्ने, ६ हजार ७ सय ४३ वडामा बैठक राखेर कार्यक्रम तय गर्ने पनि बताए। ‘सबै वडामा गण्यमान्य मान्छे राखी वर्कसप राखी सुझाव लिन्छु,’ सिंहले भने, ‘पालिका, प्रदेशसभा, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, ग्रास रुटबाट आएको सुझावबारे छलफल गर्छु।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!