
काठमाडौं । नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुको सरुवा भएको छ। शुक्रबार प्रहरी प्रधान कार्यालयले १६ जना इन्स्पेक्टरहरुको काज सरुवा गरेको हो ।
महानगरीय प्रहरी प्रभाग, बुढानिलकण्ठमा इन्स्पेक्टर अनिल ठकुरीलाई काज सरुवामा पठाइएको छ भने बुढानिलकण्ठमा कार्यरत इन्स्पेक्टर राजकुमार तामाङको जिल्ला प्रहरी कार्यालय मुस्ताङमा सरुवा भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाको निवास र अन्य भीआईपीहरुको बसोबास भएकाले उक्त बूढानीलकण्ठ क्षेत्रलाई प्रहरीभित्र संवेदनशील क्षेत्र मानिन्छ।