
काठमाडौं । स्वर्गीय नविन्द्रराज जोशीकी पत्नी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन् । जोशी पत्नी सपना जोशी काठमाडौं ७ बाट खुला महिलातर्फ सर्वाधिक मत ल्याउँदै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन् ।
जोशी यस अघि कांग्रेसको सक्रिय राजनीतिमा थिइनन् । काठमाडौं ७ बाट २०६४ र २०७० नवीन्द्रराज जोशीले चुनाव जितेका थिए ।
यसैबीच नविन्द्रराज जोशीका दाइ राजुराज जोशी पनि सोही क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । जोशीकी पत्नी शोभा पनि सोही क्षेत्रबाट महाधिवेशन प्रतिनिधिभा निर्वाचित भएकी छिन् ।
मष्तिष्कघात भएपछि २०७७ चैत १३ मा नवीन्द्रराज जोशीको उपचारको क्रममा निधन भएको थियो ।