
चितवन । प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीलाई बधाई दिएका छन्। शुक्रबार देउवाले एमालेको दसौँ महाधिवेशनका लागि बधाई तथा शुभकामना दिएका हुन् ।
उनले नारायणी नदी किनारमा शुभकामना दिँदै भने- ‘लोकतन्त्रलाई संस्थागत गर्ने यस अभियानमा सबैलाई सहभागी हुन म आग्रह गर्दछु।’
उनले अध्यक्ष ओलीलगायत बामपन्थी साथीहरु जेलमेट भएको उल्लेख गर्दै भने- ‘भोलिका दिनका कोही नेपालीलाई दुख नहोस् भन्नेमा हामी सचेत हुनुपर्छ।’