काठमाडौं । नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह पार्टीको महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

सर्लाही निर्वाचन क्षेत्र नम्बर- बाट सिंह पार्टीको महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् ।

आज बिहान सार्वजनिक मत परिणामानुसार सिंहँले २४८ मत मात्र पाएका थिए । उनि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहनिकट मानिन्छन् ।

पराजयसँगै सिंहले अब केन्द्रीय महाधिवेशनमा भाग लिन नपाउने भएका छन् ।

नेपाली कांग्रेका सांसद समेत रहेका सिंहले पार्टी भित्र समायोजनका नाममा क्रियाशील सदस्यातामा धाँदली भएको भन्दै केहि समय पहिले राजीनामा दिएका थिए। सिंहले राजीनामा दिएको पत्र बालुवाटार पुगेर सभापति शेरबहादुर देउवालाई बुझाएका थिए।

सिंह सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट गत निर्वाचनमा बिजयी भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!