
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनअन्तर्गत चार हजार ३१९ प्रतिनिधि छनोट गरेको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार देशभरबाट चार हजार ३१९ प्रतिनिधि चयन भएसंगै उनीहरू मतदातासँगै उम्मेदवार हुन पाउँछन् ।
कांग्रेसको केही जिल्लामा अधिवेशन हुन बाँकी छ । सर्लाहीका प्रतिनिधिको नाम पनि यसमा समेटिएको छैन ।