
काठमाडौं । व्यंग्यात्मक भाषण गरेर चर्चामा आएका मुकुन्द घिमिरेले विवाह गरेका छन् । घिमिरेले सोमवार इन्दिरा संग्रौलासँग लगनगाँठो कसेका हुन् ।
उनले गत मंसिर ११ गते इन्दिरा संग्रौलासँग इङ्गेजमेन्ट गरेका थिए । उनले विवाह मण्डपबाटै आफ्नो बिहेको तस्वीर शेयर गरेका हुन् । २०५८ देखि २०७० सम्म रत्नपार्कमा भाषण गर्दै हिँड्थे ।
त्यहाँ त्यस्ता गतिविधि गर्न रोक लगाइएपछि अहिले भने सामाजिक सञ्जालमा सक्रिय छन् । त्यहाँ आफ्ना विचारहरू राख्ने गर्छन् । धेरैले उनको बिहेका बारेमा चासो राख्ने गरेका थिए ।