काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पदका उमेदवार पूर्णबहादुर खड्काले पहिलो चरणमै नतिजा आउने बताएका छन् । सोमबार पार्टीको नयाँ नेतृत्व चयनका लागि मतदान पछि उनले पहिलो चरणमा नै नतिजा आउने आफूलाई विश्वास लागेको बताएका हुन् ।

खडकाले मतदान गर्न आफूलाई ५० मिनेट लागेको बताउँदै मतदान गर्न झन्झटिलो नभएको बताएका छन् । “रमाईलो भो नि किन झन्झटिलो हुनु ? मुलुकको संविधान बनेपछि त्यसअनुसार पार्टीले विधान संशोधन गर्यो । संघीयताको संरचनामा पार्टीलाई ढाल्यो । त्यसले गर्दा सिंगो जनसंख्या सिंगो भूगोलको प्रतिनिधित्व हुने खालको पहिलो अधिवेशन गर्दै छौँ । साथीहरूमा उत्साह, उमंग छ । मतदाताहरूमा उल्लास छ,” उनले सञ्चारकर्मीहरूसँग भने ।

विद्धुतीय मतदान मेसिन र कागजी मतदानका विषयमा निर्णय गर्ने क्षेत्राधिकार निर्वाचन समितिको भएको भन्दै आफूले त्यसबारे टिप्पणी नगर्ने बताए । तर, विद्युतीय मेसिनबाट मतदान गरिएको भए छिटो हुने उनको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!