
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत अहिले उपसभापतिको मतगणना जारी रहेको छ । पछिल्लो ३५५८ मतगणना हुँदा पूर्ण बहादुर खड्काले १६३४ मत प्राप्त गरेका छन् ।
यस्तै सुरुवाती अग्रता बनेका धनराज गुरुङलाई विजयकुमार गच्छदारले उछिनेका छन् । पछिल्लो मतपरिणामअनुसार पूर्णबहादुर खड्काले १६३४ मत, विजयकुमार गच्छदारले १४४३ मत, चन्द्र भण्डारीले १२५७ मत र धनराज गुरुङले १४३७ मत प्राप्त गरेका छन् ।
त्यस्तै सुजाता कोइराला ४३८, महेश आचार्य ४२३ र दिव्यश्वरी शाहले ११७ मत प्राप्त गरेका छन् ।