
काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीका लागि अहिले मतगणना भइरहेको छ। अहिलेसम्मको मतपरिणाममा गगन थापाले अग्रता लिएका छन्।
९०० मत गन्दा गगनले ५५९ मत पाएका छन्। दोस्रो स्थानका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलबीच तीव्र प्रतिस्पर्धा देखिएको छ।
नेपाली कांग्रेस महामन्त्रीको ताजा मत परिणाम अनुसार गगन कुमार थापा ५५९, विश्व प्रकाश शर्मा ३५७, प्रदिप पौडेल ३००, प्रकाश शरण महत २९७, मिनेन्द्र रिजाल १५३, राजाराम कार्की ३१ मत पाएका छन् । कांग्रेस विधानमा महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ। महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ।