काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महत महामन्त्री पदका लागि भएको मतगणनामा पछि परेका छन् । पार्टी कार्यालय सानेपा अहिले भइरहेको मतगणनामा उनि तेस्रो स्थानमा परेका छन् ।

प्रारम्भिक मतपरिणामदेखिनै गगन थापाले अग्रता कायमै राखेका छन्। दोस्रो स्थानमा विश्वप्रकाश शर्माले अग्रता बढाएका छन्। सुरूआती गणनाबाटै अग्रतामा दोस्रो स्थानमा रहेका विश्वप्रकाशले ११९५ मत गणनामा ४९० मत पाएका छन्। तेस्रो स्थानमा रहेका प्रकाशशरण महतले ३८९ मत पाएका छन्।

यसअघि लगातार तेस्रो स्थानमा रहेका प्रदीप पौडेल पछि परेका छन्। कांग्रेस विधानमा महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ। महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!