
काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा प्रकाश शरण महतले प्रदीप पौडेललाई पछि पारेका छन् । यसअघि चौथो नम्बरमा रहेका महतले पौडेललाई उछिनेर तेस्रो नम्बरमा पुगेका हुन् ।
मतगणनामा गगन थापाले अग्रता कामयै राखेका छन् भने विश्वप्रकाश शर्माले पछ्याइरहेका छन्। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, ११९५ मत गन्दा गगन थापाले ७५६, विश्वप्रकाश शर्माले ४९० र प्रकाशशरण महतले ३८९ मत पाएका छन्।
त्यस्तै, प्रदीप पौडेलले ३६९, मिनेन्द्र रिजालले २२३ र राजाराम कार्कीले ३९ मत पाएका छन्।
पहिलो र दोस्रो हुने महामन्त्रीमा निर्वाचित हुनेछन्। कांग्रेस महाधिवेशनमा ४६७९ मत खसेको छ। महाधिवेशनमा ४७४३ मतदाता रहेका थिए। आज बिहान १०ः२० बजेदेखि मतगणना शुरू भएको हो।