
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अहिले महिला खुलातर्फ केन्द्रीय सदस्यहरुको मतगणना जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारि मतगणना अनुसार हालसम्म १३६४ मतगणना भइसकेको छ ।
जसमा शेरबहादुर देउवा निकट डा. डिला संग्रौला ८२५ मत ल्याउँदै अग्रस्थानमा छिन् । सोही समूहबाट पुष्पा भुषालले ८०२ मत प्राप्त गर्दै दोस्रो स्थानमा छिन् ।
महिला खुलातर्फ ७२८ मत ल्याउँदै आरजु राणा देउवा तेस्रो स्थानमा छिन् । ६५८ मतसहित अम्बिका बस्नेत चौथो, ६४० मतसहित ईश्वरी न्यौपाने पाँचौ तथा ६२४ मतसहित सरिता प्रसाईं छैटौं स्थानमा छिन् ।
सातौं स्थानमा ५२९ मतका साथ रमा कोइराला, ५१९ मतमका साथ आठौं स्थानमा सुशीला ढकाल र ५१३ मतसहित अनिता देवकोटा नवौं स्थानमा छिन् । कांग्रेस विधान अनुसार खुला महिलातर्फ ९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।