दार्चुला। नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताहरुबीच झडप हुँदा वडा अध्यक्षका एमाले उमेदवार घाईते भएका छन् । दार्चुलाको दुहु गाउँपालिका–५ मा एमाले र गठबन्धनका कार्यकर्ताहरुबीच झडप हुँदा एमाले उमेदवार मानसिंह बडाल लगायत घाइते भएका हुन्।

उनको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । मंगलबार बेलुकी प्रचारबाट फर्किने क्रममा झडप भएको थियो ।

एमाले जिल्ला कमिटी उपसचिव खडक बडालले सत्ता गठबन्धनका कार्यकर्ताहरुले वडाअध्यक्षका उम्मेदवार बडालसँगै मानसिंह बडाल, विरेन्द्र महरा, लालसिंह महरा लगायतलाई कुटपिट गरी घाइते बनाएको बताएका छन् । उनले दोषीलाई पक्राउ गरी कार्वाहीको दायरामा ल्याउन माग पनि गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!