
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री दर १२४.०४ रुपैयाँ र खरिद दर १२३.४४ रुपैयाँ तोकेको छ । राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर तोक्दै डलरको सटहीदर कायम गरेको हो ।
हिजो अमेरिकी डलरको बिक्री दर १२४.२५ रुपैयाँ थियो । यस्तै, डलरको खरिद दर १२३.४४ रुपैयाँ थियो । जुन, आज केही ओरालो लागेपनि डलरको सटहीदर उच्च मूल्यमा नै कायम छ । पछिल्लो समय भारतीय मूद्रा डलरको तुलनामा कमजोर बन्दै जाँदा भारूसँग स्थिर विनिमयदर रहेको नेपाली मुद्रा समेत कमजोर बन्दै गएको छ ।
एक यूरोको बिक्री मूल्य १३०.७३ रुपैयाँ र खरिद मूलइ १३०.०९ रुपैयाँ छ । १५२.८१ रुपैयाँमा बिक्री भइरहेको पाउण्ड स्र्टलिङको खरिद दर १५२.०७ रुपैयाँ छ । यसैगरी, अष्ट्रेलियन डलरको बिक्री दर ८६.२६ रुपैयाँ र खरिद दर ८५.८५ रुपैयाँ छ । यस्तै, सिंगापुर डलरको बिक्री दर ८९.२० रुपैयाँ र खरिद दर ८८.७७ रुपैयाँ छ भने १० जापानी येनको बिक्री दर ९.५३ रुपैयाँ र खरिद दर ९.४८ रुपैयाँ छ ।
चिनियाँ युवानको बिक्री मूल्य १८.४५ रुपैयाँ र खरिद मूल्य १८.३६ रुपैयाँ छ भने साउदी रियालको बिक्री दर ३३.०७ रुपैयाँ र खरिद मूल्य ३२.९१ रुपैयाँ छ । यसैगरी, कतारी रियालको बिक्री दर ३३.९५ रुपैयाँ र खरिद दर ३३.७८ रुपैयाँ छ ।
संयुक्त अरब इमिरेट्स (यूएई)को दिरामको बिक्री दर ३३.७७ रुपैयाँ र खरिद दर ३३.६१ रुपैयाँ छ । यसका साथै, मलेसियन रिंगटको बिक्री दर २८.३१ रुपैयाँ र खरिद दर २८.१७ रुपैयाँ छ ।