काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार एन्टिजेन र पीसीआर विधिबाट देशभर ३ हजार ७८८ नमूनाको परीक्षण हुँदा ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी ३ हजार ७० जनाको पीसीआर र ७१८ जनाको एन्टिजेन परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणको तथ्याङ्कमा एसएमएस र ईमेलबाट प्राप्त नतिजाको विवरण समेत समावेश गरिएको छ।

पीसीआर परीक्षणबाट १८ र एन्टिजेन परीक्षणबाट ३ जनामा संक्रमण पुष्टि मन्त्रालयले जानकारी दिएको छ। बुधबार कोरोना संक्रमणबाट कसैले ज्यान नगुमाएको मन्त्रालय जनाएको छ । कोरोना संक्रमणबाट हालसम्म देशभर ११ हजार ९५२ जनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार बुधबार देशभरका विभिन्न ठाउँमा गरि १६ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्। देशभर हाल १८९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!