
काठमाडौं । आसन्न स्थानीय निर्वाचनमा अभिनेत्री केकी अधिकारीले मतदान गर्न नपाउने भएकी छन् । काम विशेषले अमेरिकामा रहेकी केकीले मतदान गर्न नपाएकोमा दुःख व्यक्त गरेकी छिन् ।
‘काम विशेषले बाहिर भएको कारणले मैले यसपटक मेरो मताधिकारको प्रयोग गर्न पाइनँ,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘निर्वाचनको समयमा देश बाहिर हुनु र आफ्नो बहुमुल्य भोटको प्रयोग गर्न नपाउनुले पनि चित्त दुख्ने रहेछ ।’
केकीले आममानिसलाई एक मतको महत्व बुझेर सही निर्णय लिन आग्रह गरेकी छिन् ।
‘तपाईंहरूले चाहिँ आफ्नो एक भोटको मूल्य पक्कै बुझ्नुभएकै छ । निर्वाचनमा सहभागी भइ आफ्नो मताधिकारको सही प्रयोग गर्नुहोला,’ उनले फेसबुकमा लेखेकी छिन्, ‘शान्त ,सुरक्षित अनि सुव्यवस्थित वातावरणमा निर्वाचन सम्पन्न हुनसकोस् भन्ने कामना गर्दछु ।’