बुटवल । बुटवलको मिलनचोकमा अज्ञात समूहले प्रेसर कुकर बम विस्फोट गराएको छ । बुधबार साँझ साँझ ८ बजे १५ मिनेट जाँदा मिलनचोकको सनराइज बैंक अगाडि कुकर बम बिस्फोट गराइएको ठाउँमा नेकपा माओवादी नामको पर्चा भेटिएको छ ।

बिस्फोट स्थल बुटवल उपमहानगरपालिका वडा नम्बर ९ मा पर्छ । रुपन्देही प्रहरी प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले विस्फोटबाट मानवीय क्षति नभएको बताए ।

‘घटनामा नेकपा माओवादी लेखिएको पर्चा र वैशाख २९ र ३० गतेको नेपाल बन्द सफल पारौँ भन्ने पर्चा भेटिएको छ,’ रेग्मीले भने । बम विस्फोट गर्नेको खोजी भइरहको बताए । विस्फोटपछि सुरक्षा व्यवस्था कडा बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!