काठमाडौं । नेकपा एमालेले यहि मंसिर ४ गते सम्पन्न निर्वाचनमा पार्टीबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभामा सांसदहरुको भेला बोलाएको छ । एमाले नेता तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार पुस ५ गते काठमाडौको कमलादीमा भेला आयोजना गरिएको हो ।

उनले प्रतिनिधि सभासहित सातै प्रदेशका सांसदहरुलाई भेलामा सहभागिताका लागि पत्राचार गरिएको बताए । भेलामा सहभागीहरुलाई पार्टीका शीर्ष नेताहरुले प्रशिक्षण दिने बुझिएको छ ।

नेकपा एमालेबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ गरी ७८ जना निर्वाचित भएका छन् भने प्रदेश सभामा दुवै निर्वाचन प्रणालीबाट १६१ जना निर्वाचित भएका छन् । यो सहित प्रतिनिधि सभा र प्रदेश सभामा एमालेका जम्मा २३९ जना सासद रहेका छन् ।

निर्वाचन आयोगले पुस ३ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरुलाई निर्वाचित भएको प्रमाणपत्र दिने कार्यक्रम आयोजना गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!