
काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक गरेसँगै आगामी पाँच वर्षका लागि प्रतिनिधिसभाका २७५ सदस्य चुनिएका छन् । आयोगले प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना सदस्यको निर्वाचन सम्पन्न गरेर अन्तिम परिणाम बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको छ ।
अब निर्वाचित सदस्यहरुको नामावली राजपत्रमा प्रकाशित भएपछि उनीहरूको शपथग्रहणको प्रक्रिया अघि बढ्नेछ । आयोगका अनुसार प्रतिनिधिसभामा निर्वाचित भएका सदस्यमध्ये ९१ जना महिला छन् भने १८४ जना पुरुष छन् ।
दलगत हिसाबले नेपाली कांग्रेसबाट ८९, नेकपा एमालेबाट ७८, नेकपा माओवादी केन्द्रबाट ३२, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २०, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १४, जनता समाजवादी पार्टीबाट १२ जना रहेका छन् ।
यस्तै नेकपा एकीकृत समाजवादीबाट १०, जनमत पार्टीबाट ६, लोकतान्त्रिक समाजवादी पार्टीबाट ४, नागरिक उन्मुक्ति पार्टीबाट ३, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाबाट १-१ जना सदस्य निर्वाचित भएका छन् भने स्वतन्त्र ५ जना रहेका छन् ।
नेपाली कांग्रेसबाट निर्वाचित सदस्यहरुमा विश्वप्रकाश शर्मा, डिगबहादुर लिम्बु, सुनिलकुमार शर्मा, शेखर कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, सीता गुरुङ, दिपक खड्का, रामहरि खतिवडा, नारायण खड्का रदिनेशकुमार यादव रहेका छन् ।
कांग्रेसबाटै निर्वाचित सदस्यमा तेजुलाल चौधरी, रामकृष्ण यादव, महेन्द्रकुमार यादव, देवप्रसाद तिमल्सेना, अजयकुमार चौरसिया, रमेश रिजाल, श्यामकुमार घिमिरे, पूर्णबहादुर तामाङ, मोहनबहादुर बस्नेत, उदय शमशेर, दुर्लभ थापा, प्रकाशमान सिंह र सन्तोष चालिसे रहेका छन् ।
यस्तै गगन कुमार थापा, प्रदीप पौडेल, राजनकुमार केसी, अर्जुननरसिंह केसी, मोहन आचार्य, रामनाथ अधिकारी, राजेन्द्र बजगाई, रामचन्द्र पौडेल, शंकर भण्डारी, राजु थापा, धनराज गुरुङ, टेकबहादुर गुरुङ, योगेश गौचन थकाली, खमबहादुर गर्बुजा र शशांक कोइराला कांग्रेसबाट निर्वाचित भएका हुन् ।
आयोले सार्वजनिक गरेको अन्तिम परिणाम अनुसार विष्णु कुमार कार्की, चन्द्रकान्त भण्डारी, सुरेन्द्रराज आचार्य, दिपक गिरी, सन्जयकुमार गौतम, किशोरसिंह राठोर, विनोद चौधरी, पुर्णबहादुर खड्का, हृदयराम थानी, दिक्पालकुमार शाही, एनबहादुर शाही, बद्री पाण्डे, पुष्पबहादुर शाह, बीरबहादुर बलायर, डिल्लीराज पन्त र एनपी साउद सदस्यमा निर्वाचित भएका छन् ।
कांग्रेसबाट निर्वाचित हुनेमा रमेश लेखक, शेरबहादुर देउवा, दिलेन्द्रप्रसाद बडू, विमलेन्द्र निधि, प्रकाशसरण महत, जीवन परियार, सरस्वती बजिमय, लीलादेवी बोखिम, सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठ, अम्बिका बस्नेत र सरिता प्रसाईं रहेका छन् ।
यस्तै आरजु राणा देउवा, इश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, मैना रावल कार्की, कल्पना चौधरी, बिनाकुमार थनेत, शान्ति विक, रूपा विक, सीता मिजार, आशा विक, नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल र जावेदा खातुन कांग्रेसबाट निर्वाचित भएकी हुन् ।