काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक गरेसँगै आगामी पाँच वर्षका लागि प्रतिनिधिसभाका २७५ सदस्य चुनिएका छन् । आयोगले प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना सदस्यको निर्वाचन सम्पन्न गरेर अन्तिम परिणाम बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको छ ।

अब निर्वाचित सदस्यहरुको नामावली राजपत्रमा प्रकाशित भएपछि उनीहरूको शपथग्रहणको प्रक्रिया अघि बढ्नेछ । आयोगका अनुसार प्रतिनिधिसभामा निर्वाचित भएका सदस्यमध्ये ९१ जना महिला छन् भने १८४ जना पुरुष छन् ।

दलगत हिसाबले नेपाली कांग्रेसबाट ८९, नेकपा एमालेबाट ७८, नेकपा माओवादी केन्द्रबाट ३२, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २०, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १४, जनता समाजवादी पार्टीबाट १२ जना रहेका छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीबाट १०, जनमत पार्टीबाट ६, लोकतान्त्रिक समाजवादी पार्टीबाट ४, नागरिक उन्मुक्ति पार्टीबाट ३, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाबाट १-१ जना सदस्य निर्वाचित भएका छन् भने स्वतन्त्र ५ जना रहेका छन् ।

नेकपा एमालेबाट निर्वाचित सदस्यहरुमा केपी ओली, योगेश भट्टराई, वसन्तकुमार नेम्वाङ, सुवास नेम्वाङ, महेश बस्नेत, देवराज घिमिरे, एलपी साँवा, ऋषिकेश पोखरेल, भीमप्रसाद आचार्य, भगवती चौधरी, राजेन्द्र राई, मानवीर राई, अम्बरबहादुर रायमाझी, रामशंकर यादव, लिलानाथ श्रेष्ठ र जुलीकुमारी महतो रहेका छन् ।

रघुविर महासेठ, लक्ष्मी महत्तो कोइरी, हरिप्रसाद उप्रेती, अच्युतप्रसाद मैनाली, ज्वालाकुमारी साह, राजकुमार गुप्ता, गोकुल बाँस्कोटा, प्रेमबहादुर महर्जन, कृष्णगोपाल श्रेष्ठ, महेशकुमार बर्तौला, पृथ्वी सुब्बा गुरुङ, मनबहादुर गुरुङ, विद्या भट्टराई, दामोदर पौडेल, पदम गिरी र गोकर्ण राज विष्‍ट एमालेबाट निर्वाचित भएका छन् ।

यस्तै एमालेबाट निर्वाचित हुनेमा नारायण प्रसाद आचार्य, ठाकुर प्रसाद गैरे, छविलाल विश्वकर्मा, विष्‍णु प्रसाद पौडेल, बासुदेव घिमिरे, टोपबहादुर रायमाझी, बलराम अधिकारी, मंगलप्रसाद गुप्ता, सुर्यबहादुर थापा, सुर्यप्रसाद ढकाल, तारा लामा तामाङ, दामोदर भण्डारी, रघुजी पन्त, एकनाथ ढकाल र दयालबहादुर शाही रहेका छन् ।

निर्वाचन आयोगको अन्तिम परिणाम अनुसार मेनुकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा, सुनीता बराल, देवीप्रकाश भट्टचन, हेमराज राई, कालुराम राई, नैनकला थापामगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेबे, ईश्वरी घर्ती र रणकुमारी बलम्पाकी मगर एमालेबाट निर्वाचित भएका छन् ।

शान्ति श्रेष्ठ, सरस्वती सुब्बा, आस्माकुमारी चौधरी, शान्ति चौधरी, ईश्वरबहादुर विक, प्रभु हजरा दुसाध, चन्द्रबहादुर विश्वकर्मा, रुक्मिणी राना बराइली, हर्कमाया विश्वकर्मा, गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, बिना देवी, अमृतादेवी अग्रहरी, प्रतीक्षा तिवारी मुखिया र सराज अहमद फारुकी एमालबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!