
स्याङ्जा । स्याङ्जाको वालिङ-१४ को अर्खलाबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् ।सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जिप सडकबाट ५०० मिटर तल खसेको हो ।
मृत्यु भएका ११ जनाको सनाखत भएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिए। उनका अनुसार अहिले उद्धार कार्य भइरहेको छ।
दुर्घटनामा घाइते भएकाहरुलाई पोखरा पठाइएको छ।