रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका अध्यक्षका कांग्रेस उम्मेदवार जनककुमार बाँठा मगर चढेको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।​​

स्थानीय चुनावमा मतदान केन्द्र स्थलगत निरीक्षणका लागि जाँदै गरेका बाँठा चढेको गाडीले ठक्कर दिँदा बाँफिकोट ७ का ७० वर्षीय प्रवीण खत्रीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय कर्णालीले जनाएको छ । लु ३ च ३३१० नम्बरको गाडीले खत्रीलाई ठक्कर दिएको हो ।

खत्री मत हाल्नका लागि मतदान केन्द्रतिर जाँदै थिए भने बाठा मतदान केन्द्रको अनुगमनका लागि जाँदै गर्दा उक्त दुर्घटना भएको थियो । प्रहरीले गाडीका चालक देवराज शाहीलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!