
मनाङ । नेकपा एमालेका उम्मेद्वार गोलाप्रथाबाट विजयी भएका छन् । मनाङको चामे गाउँपालिका वडा नम्बर ५ मा उम्मेदवारहरुको बराबर मत आएपछि गोलाप्रथा हुँदा एमालेका कैले गुरुङ विजयी भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनको र काँग्रेस उम्मेदवार फुर्पा छिरिङ लामाको बराबर ३०–३० मत आएको थियो । त्यसपछि गोलाप्रथा हुँदा कैले गुरुङ विजयी भएका हुन् । गुरुङ यसअघि पनि सोही वडाका अध्यक्ष थिए ।