
काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ । शनिबार मतगणना सुरु भएको करिब एक घण्टामा सातवटा मात्र मतगणना भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय स्रोतका अनुसार एउटा मतपत्रको मत गणना गर्न २० मिनेटसम्म लागेको छ ।
महानगरपालिकामा धेरै उम्मेदवार रहेका कारण गणना गर्न धेरै समय लागेको हो । काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार मात्र ५० जना रहेका छन् ।