
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन्। मतगणनाको पछिल्लो नतिजा अनुसार १०१ मतगणना हुँदा सुवेदीले ४१ मत प्राप्त गरेका छन्।
उनलाई माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ३७ मतका साथ पछ्याइरहेकी छन्। दाहाल यसअघिको मेयर हुन्। अर्का चर्चित स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल अहिलेसम्म ८ मत मात्रै पाएका छन्।