काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। शनिबार रातिदेखि लागू हुनेगरि निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमले निरन्तर घाटा रहेकाले पेट्रोल, डिजेल र मट्टीतेलको साबिकको मूल्यमा मूल्य समायोजनका लागि प्रतिलिटर दश रुपैयाँ बढाएको जनाएको छ।

निगमका अनुसार पेट्रोल अब प्रतिलितर १७० पुगेको छ, यस्तै, डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर १५३ रुपैयाँ कायम हुनेछ।

मूल्य समायोजनपछि पनि निगमलाई पाक्षिक रुपमा चार अर्ब २५ करोड रुपैयाँ अनुमानित घाटा रहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!