
काठमाडौँ । नेकपा एमालेकी उपमेयर पदकी उम्मेदवार सुनिता डंगोलले काठमाडौं महानगरपालिकाको चुनावमा प्रारम्भिक मतपरिणाममा लोकप्रिय देखिएकी छिन्।
प्रारम्भदेखि नै अग्रता कायम गरेकी डंगोलले ६ सय २ मत ल्याएकी छिन् । गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार बनेका रामेश्वर श्रेष्ठ र राप्रपाकी बिनिता मगैयाले बराबरी १ सय २६ मत ल्याएका छन् । त्यसैगरी स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठले ६० मत ल्याएकी छिन् ।
साझा पार्टीकी कृति तुलाधले ३५ मत ल्याएकी छिन् । राष्ट्रियसभा गृह अहिले महानगरपालिको १, २, ३ र ३२ वडाको मतगणना भइरहेको छ ।