काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार जेठ २ गतेका लागि विभिन्न मुलुकहरुको मुद्रा विनिमयदर विवरण दिएको छ । तपाई पैसा सटही गर्दै हुनुहुन्छ भने १ अमेरिकी डलर बराबर १२३.६३ नेपाली पैसा खरिद गर्न सक्नुहुन्छ ।

यस्तैगरी विक्रीदर भने १२४.२३ पैसा रहेको छ । यस्तैगरी डलर मूल्य एकसाता अघि ८ तारिखमा १२२.७७ पैसा थियो । अझै आजको मितिले १५ दिन अघि मे १ मा १२१.९९ पैसा मात्रै थियो । करब एक महिनाको तथ्याङ्क अनुसार अमेरिकी डलर भाउ बढ्दै गएको छ । रुस युक्रेन युद्धको प्रत्यक्ष प्रभाव अमेरिकी डलरमा पनि परेको देखिन्छ ।

त्यस्तै, अन्य मुलुकहरुको मुद्रा विनिमयदरपनि परिवर्तित छ । आजको अष्ट्रेलियन डलर भने १ को ८५.१६ पैसा रहेको छ भने विक्रीदर ८५.५७ पैसा रहेको छ ।

यस्तै, जापानिज येन १० को ९.५९ पैसा रहेको छ भने विक्रीदर ९.६३ पैसा नेपाली रहेको छ । यस्तैगरी साउदी अरेवियन रियाल १ को खरिददर ३२.९६ नेपाली पैसा रहेको छ भने, विक्रीदर ३३.१२ पैसा रहेको छ । कतारी रियाल १ को खरिददर ३३.९१ नेपाली पैसा रहेको छ भने, विक्रीदर ३४.०७ पैसा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!