काठमाडौं। स्थानीय तह निर्वाचनको मतगणनाका प्रारम्भिक नतिजा आउन थालेको छ। अहिलेसम्मको नतिजा अनुसार २१ पालिकाको मतपरिणाम आउँदा नेपाली कांग्रेसले देशभरका आठ पालीकामा बिजयी भएको छ ।

त्यसैगरी, कांग्रेसले मनाङ, गुल्मीका दुई पालिका र हुम्ला, मुस्ताङ, गुल्मी, डढेल्धुरा,डोटीमा एक/एक गाउँपालिका प्रमुख जितेको छ । मनाङको नार्पा भूमी गाउँपालिका, मनाङकै नासोँ गाउँपालिका. मुस्ताङको घरपझोङ गाउँपालिका, डढेल्धुराको गन्यापधुरा गाउँपालिका, गुल्मीको रेसुंगा नगरपालिका, गुल्मीकै गुल्मीदरबार गाउँपालिका र डोटीको बडीकेदार गाउँपालिका प्रमुख कांग्रेसले जितेको हो ।

मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा कांग्रेसका कोन्जो तेन्जिङ लामा १५८ मत पाएर विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १११ मत पाएका छन्। कांग्रेसले मनाङको नासों गाउँपालिकाको अध्यक्ष पदमा पनि जित निकालेको छ । कांग्रेसबाट उम्मेदवार रहेका धनबहादुर गुरुङ ८२० मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मनबहादुर गुरुङले ६४६ मत पाए।

यता मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार २ मतको अन्तरले विजयी भएका छन्। उनले एमालेका उम्मेदवारलाई २ मतको अन्तरले पराजित गरेका हुन्। उक्त पालिकाको उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएको छ। कांग्रेसका मोहनसिं लालचन ७ सय ६० मत लिएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सञ्जयकुमार थकालीले ७ सय ५८ मत पाए।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार इन्द्रबहादुर कार्की निर्वाचित भएका छन् । कार्कीले तीन हजार ३८४ मत पाप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस बिपीका सुरेन्द्र मालीले एक हजार ६०४ मत पाँउदा डोटीको बढिकेदार गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसले जित हासिल गरेको छ। कांग्रेसका भैरव बहादुर साउँदले २३ सय ४३ मत ल्याउँदै जित हासिल गरेका हुन्। उनका प्रतिस्पर्धीका रुपमा देखिएका नेकपा एमालेका चक्र बहादुर धर्तीमगरले १६ सय ८४ मत ल्याएका छन्।

कांग्रेसले गुल्मीको रेसुंगा नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार खिलध्वज पन्थी विजयी भएका छन् । उनले ८ हजार ६ सय १४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनको निकटतम प्रतिद्वन्द्व एमालेका उम्मेदवार ७ हजार ३ सय २० मत प्राप्तगरेका हुन् भने गुल्मीकै गुल्मीदरबार गाउँपालिका नेपाली कांग्रेसका सरोज थापा निर्वाचित भएका छन् । उनले ६ हजार १६६ मत प्राप्त गरे । उनकी प्रतिष्पर्धी एमालेका कृष्ण भुसालले ५ हजार ६०२ मत प्राप्त गरे ।

हुम्लाको खार्पुनाथ गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका कर्णबहादुर रावल विजयी भएका छन्। उनले एक हजार आठ सय १० मत ल्याएका छन्।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रकाशबहादुर शाहीले एक हजार एक सय ९५ मत ल्याएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!