
सिरहा । एमालेको गढका रुपमा हेरीएको धनगढीमाई नगरपालिका वडा नं. १४ मा नेपाली कांग्रेस विजयी भएको छ । २००७ सालपछि हरेक पटक एमालले जित्दै आएको वडा नं. १४ मा नेपाली कांग्रेसका अमित ठकुरी विजयी भएका हुन्।
कुल १२ सय ७१ मत खसेकोमा उनले ५२२ मत पाउदा एमालेका नरेन्द्र सुनुवारले ३३८ मत ल्याए भने जसपाका दिलिप लामाले ३३१ मत ल्याए। धनगढीमाई नगरपालिकाको सरे अम्बासलाई एमालेको गढका रुपमा लिने गरिन्छ।
यो ठाउँमा २०४६ सालमा नेकपा (एमाले)को चौथो महाधिवेशन सम्पन्न भएको थियो जसबाट स्वर्गीय मदन भण्डारी महासचिवमा निर्वाचित भएका थिए। जितपछि ठकुरीले भने ‘जनतालाई रत्तिभर निराश हुन दिन्न। धर्म र संस्कृतिलाई आधार मान्दै बिवाद रहित भएर मेरो कार्यकाल सप्पन्न गर्नेछु।’