
काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणनाका प्रारम्भिक नतिजा आउन थालेको छ। हिमाली र पहाडी क्षेत्रका स्थानीय तहका निर्वाचनको नतिजाहरू प्राप्त हुन थालेका छन्।
अहिलेसम्म ३५ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। जसमध्ये १५ वटा स्थानीय तहमा नेकपा एमाले विजयी भएको छ भने नेपाली कांग्रेसले १० वटा स्थानीय तहमा जित हात पारेको छ। त्यस्तै माओवादी केन्द्रले ८ वटा र एकीकृत समाजवादीले २ वटा पालिकामा जित हात पारेका छन्।
यी हुन् एमालेले जित हासिल गरेका पालिका
१ मनाङ ङिस्याङ गाउँपालिका मनाङ
कान्छा घले/एमाले
२ चामे गाउँपालिका मनाङ
लोकेन्द्र वहादुर घले/एमाले
३ लो- घेकर दामोदरकुण्ड गाउँपालिका मुस्ताङ
लोप्साङ छोम्पेल विष्ट/एमाले
४ बागागुङ मुक्तिक्षेत्र गाउँपालिका मुस्ताङ
रिङजीन नामगेल गुरुङ/एमाले
५ लोमन्थाङ गाउँपालिका मुस्ताङ
टसी न्हर्वु गुरुङ/एमाले
६ शे फोक्सुन्डो गाउँपालिका डोल्पा
धावा सम्डुक गुरुङ/एमाले
७ खुम्बु पासाङ ल्हामु गाउँपालिका सोलुखुम्बु
मिङमा छिरी शेर्पा/एमाले
८ साइपाल गाउँपालिका बझाङ
मानवीर बोहरा/एमाले
९ बौदीकाली गाउँपालिका नवलपरासी पूर्व
प्रकाश ओझा/एमाले
१० थलारा गाउँपालिका बझाङ
प्रकाशबहादुर रोकाया/एमाले
११ थासाङ गाउँपालिका मुस्ताङ
प्रदिप गौचन/एमाले
१२ मालिका गाउँपालिका म्याग्दी
बेगप्रसाद गर्बुजा/एमाले
१३ मेन्छयायेम गाउँपालिका तेह्रथुम
यादवबहादुर खापुङ्ग/ एमाले
१४ महाकाली नगरपालिका दार्चुला
नर सिंह चैंसिर/एमाले
१५ हरिनास गाउँपालिका स्याङ्जा
खिमनारायण मानन्धर/एमाले