काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणनाका प्रारम्भिक नतिजा आउन थालेको छ। हिमाली र पहाडी क्षेत्रका स्थानीय तहका निर्वाचनको नतिजाहरू प्राप्त हुन थालेका छन्।

अहिलेसम्म ३५ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। जसमध्ये १५ वटा स्थानीय तहमा नेकपा एमाले विजयी भएको छ भने नेपाली कांग्रेसले १० वटा स्थानीय तहमा जित हात पारेको छ। त्यस्तै माओवादी केन्द्रले ८ वटा र एकीकृत समाजवादीले २ वटा पालिकामा जित हात पारेका छन्।

गत निर्वाचनमा एमालेले जितेको मुस्ताङको घरपझोङ, गुल्मीको रेसुंगामा यसपटक कांग्रेसले जित निकालेको छ । कांग्रेसले मुस्ताङमा नार्पाभूमि र घरपझोङमा जितेको छ भने मनाङको नासोँ गाउँपालिकामा जित निकालेको छ ।

यी हुन् कांग्रेसले जितेका १० स्थानीय तह

१. नार्पाभूमि गाउँपालिका, मनाङ

२. घरपझोङ गाउँपालिका, मुस्ताङ

३. नासोँ गाउँपालिका, मनाङ

४. तमानखोला गाउँपालिका, बागलुङ

५. बडीकेदार गाउँपालिका, डोटी

६. गन्यापधुरा गाउँपालिका, डडेलधुरा

७. गुल्मीदरवार गाउँपालिका, गुल्मी

८. रेसुङ्गा नगरपालिका, गुल्मी

९. खार्पुनाथ गाउँपालिका, हुम्ला

१०. स्वामीकार्तिक खापर गाउँपालिका, बाजुरा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!