काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणनाका प्रारम्भिक नतिजा आउन थालेको छ। हिमाली र पहाडी क्षेत्रका स्थानीय तहका निर्वाचनको नतिजाहरू प्राप्त हुन थालेका छन्।

अहिलेसम्म ३४ वटा स्थानीय तहमा नेकपा एमाले विजयी भएको छ भने नेपाली कांग्रेसले ३३ वटा स्थानीय तहमा जित हात पारेको छ। त्यस्तै माओवादी केन्द्रले २२ वटा र एकीकृत समाजवादीले २ वटा पालिकामा जित हात पारेका छन्।

यी हुन् माओवादी केन्द्रले जितेका २२ स्थानीय तह

१.डोल्पाको जगदुल्ला गाउँपालिका: अध्यक्ष नारसिङ रोकाय विजयी

२.दैलेखको नौमुले गाउँपालिका: अध्यक्ष छविराम सुवेदी

३. बाग्लुङ ताराखोला गाउँपालिका: अध्यक्ष धनबहादुर विक

४. उदयपुर लिम्चुङबुङ गाउँपालिका: अध्यक्ष मेजरकुमार राई

५. रोल्पाको थवाङ गाउँपालिका: अध्यक्ष ऋषिकेशव बुढामगर

६. खोटाङको जन्तेढुंगा गाउँपालिका: अध्यक्ष अरूणादेवी राई

७.दार्चुलाको नौगाड गाउँपालिका: अध्यक्ष दलजीत सिंह धामी

८. हुम्लाको ताजाकोट गाउँपालिका: अध्यक्ष लालकेश जैसी

९.गोरखाको अजिरकोट गाउँपालिका: अध्यक्ष दीपक देवकोटा

१०. सोलुखुम्बुको थुलुङ दूधकोशी गाँउपालिका: अध्यक्ष असिम राई

११. गुल्मीको चन्द्रकोट गाउँपालिका: युवराज केसी

१२. दार्चुलाको मार्मा गाउँपालिका: अध्यक्ष जमनसिंह धामी

१३. दार्चुला अपिहिमाल गाउँपालिका: अध्यक्ष भक्तसिंह ठेकरे

१४. भोजपुरको आमचोक गाउँपालिका: अध्यक्ष अशोक राई

१५. दार्चुलाको लेकम गाउँपालिका: अध्यक्ष रामदत्त जोशी

१६. डडेल्धुरा आलिताल गाउँपालिका: अध्यक्ष शेरसिंह पार्की

१७. डोटीको बोकटान फुड्सिल गाउँपालिका: अध्यक्ष कमलबहादुर गड्सिला

१८. रूकुम (पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका: अध्यक्ष पुनीराज घर्ती

१९. ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका: अध्यक्ष राजन लिम्बू

२०. रोल्पाको रोल्पा नगरपालिका: मेयर सुरेन्द्र थापा

२१. रुकुम पूर्वको सिस्ने गाउँपालिका : अध्यक्ष कृष्ण रेग्मी

२२. दाङको बंगलाचुली गाउँपालिका : अध्यक्ष तुलसीराम पुन (सुवास)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!